दफा ११८
प्रतिउत्तरपत्र सरहको पुनरावेदन दिन सक्ने

(१) यस परिच्छेद बमोजिमको कार्यविधि पूरा नगरी बेरीतसँग म्याद तामेल गरेको कारण मुद्दामा प्रतिरक्षा गर्न वाप्रतिउत्तरपत्र पेश गर्न नपाई आफ्नो विरुद्धमा तल्लो अदालतबाट एकतर्फी फैसला भएको व्यहोरा उल्लेख गरीत्यस्तोफैसला भएको छ महिनाभित्रमा थाहा पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित प्रतिबादीले प्रतिउत्तरपत्र सरहकोपुनरावेदन सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा पेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रतिउत्तरपत्र सरहको पुनरावेदन प्राप्त भएमा पुनरावेदन सुन्ने अदालतले सो पुनरावेदनपत्रउपरसुनुवाई गर्नु अघि फिरादपत्रमा प्रतिबादी बनाइएका वा अदालतले दफा १२३ बमोजिम प्रतिबादी कायम गरेकोव्यक्तिलाईरीतपूर्वक म्याद तामेल भए वा नभएको सम्बन्धमा ठहर गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सुनुवाई गर्दा प्रतिबादी वा अदालतले दफा १२३ बमोजिम प्रतिबादी कायम गरेको व्यक्तिलाईरीतपूर्वकम्याद तामेल नगरेको भन्ने पुनरावेदन सुन्ने अदालतबाट ठहर भएमा त्यस्तो मुद्दामा तल्लो अदालतबाट भएको एकतर्फीफैसला बदर गरी पुनरावेदनपत्रलाई नै प्रतिउत्तरपत्र कायम गरी कानून बमोजिम मुद्दाको पुनः कारबाही, सुनुवाई रकिनारा गर्न तल्लो अदालतलाई आदेश दिई मुद्दाको मिसिल त्यस्तो अदालतमा पठाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम पुनरावेदन सुन्ने अदालतबाट आदेश सहितको मिसिल प्राप्त भएमा सम्बन्धित अदालतले त्यस्तोमिसिलप्राप्त भएको तीन दिनभित्र बाटोको म्याद बाहेक सात दिनको म्याद बादीका नाममा तामेल गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम म्याद तामेल भएकोमा म्यादभित्र बादी हाजिर भए वा म्याद समाप्त भएपछि कानून बमोजिम मुद्दाकोकारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ।